‘परदेशी-२’ को ट्रेलर सार्वजनिक, राम्रो ‘स्पेस’ नपाएपछि प्रशान्त असन्तुष्ट


२८ असार २०७९, मंगलवार
prashant tamang1619588878

काठमाडौँ । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी-२’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

तर सार्वजनिक ट्रेलरका विषयमा सिरिजका मुख्य हिरो प्रशान्त तामाङले असन्तुष्टि व्यक्त गरेका छन् । सार्वजनिक ट्रेलरमा आफूले राम्रो स्पेस नपाएपछि प्रशान्तले असन्तुष्टि व्यक्त गरेका हुन् । प्रशान्त नारायण रायमाझी फिल्मका ब्रान्ड हुन् । उनले रायमाझीलाई उद्योगमा निर्देशकका रुपमा स्थापित गराउने ‘गोर्खा पल्टन’ र ‘परदेशी’ मा अभिनय गरेका छन् । उद्योगमा यी दुवै फिल्म हिट भए ।

तर परदेशी सिरिजमै प्रशान्तले स्थान नपाएपछि निर्देशक रायमाझीको सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ । सार्वजनिक ट्रेलरमा गायक प्रकाश सपुतलाई राम्रो स्पेस दिइएको छ । सपुत यही फिल्ममार्फत ठूलो पर्दामा देखिने तयारीमा छन् ।

सिरिज भएकाले पनि प्रशान्तलाई पूरै इग्नोर गरेर ट्रेलर सार्वजनिक गर्न नहुने तर्क टिप्पणी गर्नेहरुले गरेका छन् । पौने ३ मिनेटको ट्रेलरमा प्रशान्त एक सिनमा मात्रै देखिन्छन् । यो ट्रेलरप्रति प्रशान्त खुशी हुन सकेका छैनन् । यो फिल्म आगामी दसैंको अवसर पारेर असोज १४ गते रिलिज गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७