गणपुरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित


२८ असार २०७९, मंगलवार
sudur Pradesh sabha

कैलाली । गणपुरक संख्या नपुगेपछि बजेटमाथि छलफलका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ । आज (मंगलबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिलो गरी १२ बजे सुरु भएको थियो ।

गणपुरक संख्या नपुगेको भन्दै सभामुख अर्जनबहादुर थापाले बैठक स्थगित गरेको घोषणा गरेका छन् । प्रदेश सभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। बैठकमा १३ जना मात्रै सांसद उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७