कांग्रेस नेता खुमबहादुर खड्काको अन्तिम संस्कार आज


१८ चैत्र २०७४, आईतवार
khum bahadur khadka 8 BW

 

काठमाडौँ ,चैत १८: शुक्रबार साँझ उपचारका क्रममा दिल्लीमा निधन भएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ।khum bahadur khadka 8 BW

नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएका खड्का मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित थिए। उनको पार्थिव शरीर हिजो राति ९ बजे काठमाडौं ल्याइएको हो।

अन्तिम श्रद्धाञ्जलीका लागि खड्काको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने छ। अपराह्न तीन बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। खड्कालाई श्रद्धाञ्जली दिने बिहानै देखि पार्टी कार्यालय सानेपा निवासमा भिडभाड छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७