इंग्लिस प्रिमियर लिग: म्यान्चेष्टर सिटी उपाधि नजिक


१८ चैत्र २०७४, आईतवार
Everton 1 3 Manchester City 1

 

काठमाडौं,चैत १८: इंग्लिस प्रिमियर लिगमा शनिबार राति म्यान्चेष्टर सिटीले सहज जित हात पारेको छ । एभर्टनलाई ३–१ ले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको छ । अर्को साता घरेलु मैदानमा हुने म्यान्चेष्टर डर्बी म्याचमा जित निकालेको खण्डमा सिटीले उपाधि जित्नेछ ।Everton 1 3 Manchester City 1

एभर्टनको मैदान गुडिसन पार्कमा भएको खेलमा सिटीले पहिलो हाफमा तीन गोल गरेपछि सहज जित सम्भव भएको हो । खेलको चौथो मिनेटमा लेरोई सानेले डेविड सिल्भाको पासलाई भली गर्दै म्यान्चेष्टर सिटीलाई अग्रता दिलाए । १२ औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेपछि सिटीले आफ्नो अग्रता २–० मा लम्ब्याएको थियो ।

३७ औं मिनेटमा डेविड सिल्भाको पासमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई पहिलो हाफ अघि ३–० को अग्रता दिलाए । दोस्रो हाफमा एभर्टनका बोलासीले सान्त्वता गोल गरे ।

जितसँगै सिटीले तालिकामा १६ अंकको अग्रता लिएको छ । सिटीको ८४ अंक हुँदा म्यान्चेष्टर युनाइटेड ६८ अंक सहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७