गुरुपूर्णिमाको अवसरमा गुरुमा समर्पित गीत सार्वजनिक


२९ असार २०७९, बुधबार
Teachers Day

काठमाडौं : अँध्यारोबाट उज्यालो तर्फ डोर्‍याउने जीवनका मार्गदर्शक गुरुहरूमा समर्पित गीत ‘गुरु तिमी हाम्रा मार्गदर्शक’ सार्वजनिक भएको छ । गुरुपूर्णिमाको अवसरमा भक्तपुरको कौशलटारमा रहेको आदर्श जनप्रेमी स्कुलले गीत निर्माण गरेर आज सार्वजनिक गरेको हो ।

गीतमा संजय खड्का र गोपाल खड्काको शब्द, सन्तोष सानुको आवाज, भुपेन्द्र रायमाझीको संगीत र बिक्रम बस्नेतको दृश्य सम्पादन रहेको छ । आदर्श जनप्रेमीका प्रधानाध्यापक निलेश आचार्यले जीवनका मार्गदर्शक सम्पूर्ण गुरुहरूको सम्मानमा गीत निर्माण गरिएको बताए ।

गीतले गुरु र गुरुत्वप्रति कृतज्ञता प्रकट गर्नुका साथै जीवनपयोगी, व्यावहारिक र वैज्ञानिक शिक्षण प्रणाली तर्फ उन्मुख हुन पनि उत्प्रेरित गरेको प्रधानाध्यापक आचार्यको भनाइ छ ।
गीतको भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७