गीत : काँढाबीच फूल


२९ असार २०७९, बुधबार
Sagar Phuyal

  • सागर फुयाल


उदास हृदय उदासीको बनेपछि मूल
गार्‍हो मानी हास्दोरैछ काँढाबीच फूल ॥

भन्छन् बेदनाको सँसारभित्र नहराउनु 
पसिसकेपछि अब किन पो डराउनु 
विरहमा रूँदै हिँड्दा गरेछु कि भूल
गार्‍हो मानी हास्दोरैछ काँढाबीच फूल ॥

आफू भलो जगत् भलो भन्ने मेरो बानी
इर्ष्या डाह गर्न थाले जानी नजानी 
जाली समाज हो यो सँधै चुँड्न खोज्छ फूल
गार्‍हो मानी हास्दोरैछ काँढाबीच फूल ॥

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७