भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी, निभाउने कार्य जारी (तस्वीरहरु)

काठमाडौंका मेयर र उपयमेरले गरे भृकुटीमण्डपको आगलागी निरीक्षण


२९ असार २०७९, बुधबार
aaglagi

काठमाडौँ । काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको जानकारी दिए । —
काठमाडौंका मेयर र उपयमेरले गरे भृकुटीमण्डपको आगलागी निरीक्षण
काठमाडौंको भृकुटीमण्डपस्थित ह्विलचियर गोदाममा भएको आगलागीस्थलमा महानगरका मेयर र उपयमेरले निरीक्षण गरेका छन् । मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले आगलागीस्थलको निरीक्षण गरेका हुन् ।

आज दिउँसो करिब ३ बजेतिर आगलागी भएको थियो । आगलागीको कारण खुलेको छैन । गोदामका सटर बन्द छन् । प्रहरीले बाहिरबाट आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ । तस्वीर : रासस

RS KTMMGL80994
RS KTM IMGL8154
RS KTM IMGL8147
RS KTM IMGL8135
RS KTM IMGL8078

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७