दिल्ली उड्नु अघि प्रचण्डले भने, ‘मेरो चाँडै चीन भ्रमण पनि हुनेछ’


३१ असार २०७९, शुक्रबार
7 Shares
prachanda 2

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमण सद्भावना भ्रमण भएको बताएका छन् ।

भारतको नयाँदिल्ली उड्नुअघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण दुई देशको सम्बन्ध सुदृढ गर्नमा केन्द्रित हुने बताएका छन् । नेपाल र भारतबीच देखिएका विभिन्न समस्याहरुलाई कुटनीतिक माध्यबाट समस्याको समाधान गर्नेगरी भारतीय पक्षसँग छलफल गर्ने उनले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रचण्डले आफ्नो भारत भ्रमणलाई हालै नेपालमा भएको चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुको भ्रमणसँग नजोड्न आग्रह गरे । उनले भने,.‘चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु नेपाल आउनु अगावै मेरो भारत भ्रमण तय भएको थियो । यसलाई अन्यथा लिनु हुँदैन ।’ उनले छिट्टै आफ्नो चीन भ्रमण पनि हुने बताएका छन् ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७