हतियार खरिदबारे एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ


३१ असार २०७९, शुक्रबार
RS KTM SAMSAD scaled

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद पवित्रा निरौला खरेलले प्रहरीलाई हतियार खरिद प्रकरणबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ मागेकी छन् ।

आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकमा उनले हतियार खरिदका लागि ठूलो रकम छुट्ट्याइएको तथा चीन र भारतबाट ल्याउने तयारी भइरहेको विषय सार्वजनिक भएकाले प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने बताइन् ।

‘प्रधानमन्त्री ज्यूले बाहिर कुनै कोठामा हतियार ल्याइन्नँ भन्नु भएको कुरा सुनिन आयो । तर, सम्माननीय प्रधानमन्त्रीले यहाँ आएर यो कुरा किन भन्न सक्नु हुन्न ? तत्काल प्रधानमन्त्री संसदमा आएर यो कुरामा प्रष्ट पार्नुपर्छ’, उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७