कुटपिटबाट एक महिलाको मृत्यु


३१ असार २०७९, शुक्रबार
Nayapage Logo

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका-८स्थित कटीमा आज एक महिलाको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा कटी निवासी ५५ वर्षीया जीरादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । सोही ठाउँका राजेश शर्मा र गनेश शर्माले जीरादेवीलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो ।

स्थानीय मनोज मण्डल साइकलमा खाद्यान्न लिएर आफ्नो घरतर्फ आउँदै गरेको अवस्थामा राजेश र गनेशको आफन्त पर्ने एक बालकलाई साइकलले ठक्कर दिएको भन्दै विवाद भएको थियो । सोही विवादको क्रममा राजेश र गनेशसहित गाउँका अन्य व्यक्तिले मनोजलाई कुटपिट गर्न थालेपछि आफ्नो छोरालाई बचाउने क्रममा उनीहरुको कुटपिटबाट जीरादेवीको मृत्यु भएकोे बुहारी अमरीदेवी मण्डलले जानकारी दिइन् ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ । कुटपिटमा संलग्न व्यक्ति फरार भएका र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७