देउवा सरकारको एक वर्ष समयको बर्बादी मात्र : एमाले


३१ असार २०७९, शुक्रबार
amale 1

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्ष समयको बर्बादी मात्रै भएको बताएको छ । एमालेको स्वाथ्य तथा जनसंख्या विभागले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो ।

‘संविधानको गलत व्याख्या गरी नेकपा (एमाले) नेतृत्वको सरकारलाई विस्थापित गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँचदलीय गठबन्धनको सरकार बनेको २०७९ असार २९ गते एक वर्ष पूरा भएको छ’, विभाग प्रमुख योगेश भट्टराईले भने, ‘सरकार गठनसँगै गठबन्धनले जारी गरेको न्यूनतम साझा कार्यक्रम, संघीय संसदमा प्रधानमन्त्रीले गर्नु भएको सम्बोधन, सरकारद्वारा प्रस्तुत नीति कार्यक्रम र विनियोजन बजेट र कार्यान्वयनलाई हेर्दा यो सरकारले गएको एक वर्ष समयको बर्बादी मात्र गरेको छ ।’

एमालेले संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदुढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल भएको आरोप लगाएको छ ।

संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ-टुप्पो नै फेला पार्न सकेको पनि उनले आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७