उपसभामुखको निर्वाचन : सत्ता गठबन्धनको उम्मेद्वारलाई लोसपाको साथ


३१ असार २०७९, शुक्रबार
deuwa mahantha

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा सत्ता गठबन्धनको उम्मेदर्वारालाई साथ दिने भएको छ ।

प्रतिनिधिसभामा शुक्रबारको उपसभामुखको निर्वाचनका क्रममा बोल्दै लोसपा सांसद चन्दा चौधरीले गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने जानकारी दिइन् । यसअघि एमालेको समर्थनमा चौधरीलाई उपसभामुखमा उठाउने कुरा भएको थियो । त्यसका लागि एमालेले लोसपासँग संवाद पनि गरेको थियो ।

शुक्रबार बिहान एमाले अध्यक्ष ओली त्यसका लागि लोसपा अध्यक्ष ठाकुरलाई फोन पनि गरेका थिए । देउवाले पनि ठाकुरलाई फोन गरेका थिए । देउवाले लोसपालाई सत्तामा ल्याउन यसअघि पनि वार्ता गरेका थिए । तर शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुखमा कांग्रेसकी भुसाललाई सहयोग गर्ने निणर्य गरेको हो । चौधरीले एमाले उम्मेदवार विद्या भट्टराईलाई भाउजुका रुपमा सम्मान गर्ने पनि बताइन् । तर उनले रवीन्द्र अधिकारीलाई रवीन्द्र पाण्डे भन्दै दाजुका रुपमा सम्झिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७