एसपीपी अस्वीकार गरेकै कारण देउवाको अमेरिका भ्रमण रद्द भयाे : माधव नेपाल

‘एमालेलाई अहिले धेरै प्रहार गर्नु हुँदैन’


३१ असार २०७९, शुक्रबार
madhav nepal31646807153
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको बताएका छन् ।

आज (शुक्रबार) काठमाडौंमा पार्टीको वागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी अस्वीकार गरेकै कारण देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरे । ‘एसपीपी केपी ओली प्रधानमन्त्री भएकै पालोमा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा हामीले एसपीपी अस्वीकार गर्छौं भनेपछि प्रधानमन्त्रीको हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो’, उनले भने ।

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनको मिति कुनै पनि समयमा घोषणा हुनसक्ने बताएका छन् । उनले अब चाँडै चुनावको मिति घोषणा हुने भएकाले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘एमालेलाई अहिले धेरै प्रहार गर्नु हुँदैन’
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले एमालेले धेरै प्रहार नगरेकाले आफूहरूले पनि प्रहार गर्न नहुने बताएका छन् । ‘अहिले धेरै किन भन्नु हुँदैन भने एमाले अहिले हामीलाई धेरै प्रहार गरिरहेका छैनन्’ उनले कार्यकर्तालाई भने, ‘धेरै प्रहार नगरिरहेको बेलामा हामीले पनि प्रहार गर्नु हुँदैन ।’

तर, आफूहरूले एकएक कुराहरू मसिनोगरी हेरिरहेको र कुनै पनि भुलभुलैयामा नपर्ने उनको भनाइ थियो । भुलभुलैयामा पर्दा न घरको न घाटको हुने भएकाले यस्तो मुर्खतापूर्ण गल्ती कहिल्यै नगर्न अध्यक्ष नेपालले कार्यकर्ताले निर्देशन दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७