उपसभामुखमा भुसाल निर्वाचित भएपछि नेम्वाङले भने, ‘याे दूषित गठबन्धन भत्काउनु पर्छ’


३१ असार २०७९, शुक्रबार
subash nembang 1 scaled

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले दूषित गठबन्धनलाई मिलेर भत्काउनु पर्ने बताएका छन् ।

उपसभामुखमा सत्ता गठबन्धनकी कांग्रेस नेत्री पुष्पा भुसाल निर्वाचित भएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमाले संसदीय दलको नेता नेम्वाङले पाँच दलीय गठबन्धन गलत रहेको बताए ।

उनले भने, ‘गठबन्धन भत्कियोस् भन्ने हाम्रो चाहना हो । यो दूषित गठबन्धन हो । संख्याको कुरा आश्चर्यको होइन । दूषित गठबन्धनलाई मिलेर भत्काउनु पर्छ । भत्काउने प्रयास गरेको हो, भत्किएन ।’ उनले महत्वपूणर् विषय समयमा निष्पक्ष निर्वाचन हुनुपर्छ भन्ने रहेको समेत बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७