उपसभामुखमा निर्वाचित भएपछि भुसालले भनिन्, ‘संसदमा तटस्थ भूमिका निर्वाह गर्छु’


३१ असार २०७९, शुक्रबार
Pushpa Bhusal 2 scaled

काठमाडौं । प्रतिनिधिसभा उपसभामुख पुष्पा भुसालले जनजीविकाका सवाल उठाउन संसद्मा तटस्थ भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएकी छन् ।

उपसभामुखमा निर्वाचित भएपछि भुसालले आजको दिन लोकतन्त्र पक्षधरहरुको खुशीको दिन रहेको प्रतिक्रिया दिइन् । संविधानको पूर्ण कार्यान्वयन भएको उनको भनाइ छ ।

‘उपसभामुख जस्तो संवैधानिक पदले पूर्णता पाएको छ । आज लोकतन्त्र पक्षधरहरुको खुशीको दिन हो । आजको दिन महत्वपूर्ण दिन हो । संवैधानिक पद भएको हुनाले निर्वाचित भएपछि हाम्रो काँधमा केहि दायित्व थपिएको छ ।’

उनले जनजीविकाका सवाल उठाउन सदनमा इमान्दारीपूर्वक तटस्थ भूमिका निर्वाह गर्ने बताइन् । संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारबमोजिम नै आफू अघि बढ्ने उनले बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७