राजीनामा दिने एआईजी पोखरेलको तयारी

‘आईजीपीमा दाबी गर्ने अधिकार मेरो रहेनछ’


३१ असार २०७९, शुक्रबार
PRO KTM DIG BishwoRajPokharel20200425 B scaled

काठमाडौँ । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निणर्यविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । आज (शुक्रबार) रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी थालेका हुन् । सम्भवतः आइतबार राजीनामा बुझाउने पोखरेल निकट स्रोतले जानकारी दिएको छ ।

सरकारले सिंहलाई आईजीपी बनाए लगतै पोखरेल विदामा बसेका थिए । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए । पुनः विदा माग गरेपछि आईजीपी सिंहले स्वीकार गरेनन् । तर एआईजी पोखरेल कार्यालय गएका छैनन् । निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिने तयारी गरेका हुन् । उनको कार्यकाल यही साउन २० गतेसम्म मात्र छ ।

‘आइतबारसम्म मैले विदा मागेको थिएँ, सोमबारदेखि के गर्ने भनेर टुंगोमा पुग्छु’, सर्बोच्चको फैसलापछि उनले भने । अदालतले आफूलाई आईजीपीको दाबी गर्ने अधिकार नभएको फैसला गरिदिएको उनले प्रतिक्रिया दिए । उनले भने, ‘अदालतले निणर्य गरिसक्यो । मेरो आईजीपीमा दाबी गर्ने अधिकार रहेनछ । अदालतको आजको फैसलाले त्यही भन्यो ।’

सरकारले गत वैशाख १८ गते आईजीपीमा धिरजप्रताप सिंहलाई बढुवा गरेपछि पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । आफू १७ महिना जेष्ठ रहेको दाबी गर्दै उनले आफैं आईजीपी हुनु पर्ने माग गरेका थिए। तर सर्वोच्चले शुक्रबार उनको रिट खारेज गरिदिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७