अत्यधिक तापक्रम बढेपछि बेलायतमा राष्ट्रिय संकटकाल घोषणा


३१ असार २०७९, शुक्रबार
UK

बेलायत । अत्यधिक तापक्रम बढेपछि बेलायतले राष्ट्रिय संकटकाल घोषणा गरेको छ । बेलायतको मेट अफिस मौसम पूर्वानुमानविद्ले शुक्रबार राष्ट्रिय आपतलीन घोषणा गर्दै आगामी साता सोमबार र मंगलबार इङ्ल्याण्डका केही भागमा अत्यधिक गर्मी हुने जानकारी दिएका छन् । अधिकारीहरूले तापक्रम हालसम्मकै सबैभन्दा उच्च हुने चेतावनी दिएका हुन् ।

‘असाधारण, सायद कीर्तिमान तोड्ने तापक्रम सोमबार र त्यसपछि मंगलबार पुनः सम्भव छ’, मौसम कार्यालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । उच्च तापक्रमले विशेष गरी बेलायतका सहरी क्षेत्रमा रातहरू अस्वभाविक रूपमा गर्मी हुने सम्भावना छ ।

यसले मानिस र पूर्वाधारहरूमा व्यापक प्रभाव पार्ने बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । बेलायतमा २५ जुलाई २०१९ मा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको थियो । क्याम्ब्रिज विश्वविद्यालय बोटानिक गार्डेनमा मापन गरिएको तापक्रम ३८.७ डिग्री सेल्सियस थियो । स्रोत स् रोयटर्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७