श्रीलंका संकट : महिन्दा र बासिललाई देश छाड्न प्रतिबन्ध


३१ असार २०७९, शुक्रबार
mahinda rajapaksa navy pm navy

काठमाडौँ । श्रीलङ्काको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलङ्का छोड्न प्रतिबन्ध लगाएको छ । बासिल राजपक्षेले केही दिन पहिला श्रीलङ्का छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरूले उनलाई विमानमा सवार हुन दिएका थिएनन् ।

यसपछि श्रीलङ्काको सर्वोच्च अदालतले दुबै नेताहरूलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध लगाइदिएको छ । यसअघि श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर सिंगापुर पुगेका थिए । उनले त्यहीबाट इमेल मार्फत राजीनामा घोषणा गरेका थिए । उनी भागेसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले अन्तरिम राष्ट्रपति पदको शपथ लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७