‘विकास राणाको गीत यात्रा’ सांगीतिक साँझ सम्पन्न


३१ असार २०७९, शुक्रबार

काठमाडौं, व्यवसायी विकास जंगबहादुर राणा गायक पनि हुन् । उनले हालै आफ्नो एकल सांगीतिक साँझ ‘विकास राणाको गीत यात्रा’ सम्पन्न गरेका छन् । होटल याक एण्ड यती दरबारमार्गमा आयोजित कार्यक्रममा राणाले ६ गीत मार्फत दर्शक झुमाए । उक्त अवसरमा राणाको एल्बम ‘गीत यात्रा’ सार्वजनिक समेत गरिएको थियो । कार्यक्रममा राणाको एल्बममा समावेश गीतहरुको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो ।

पूर्व प्रधानसेनापति गौरबशमशेर राणा, उद्यमी तथा एनआरएनएका संस्थापक उपेन्द्र महतो, सञ्चार उद्यमी कैलाश सिरोहिया, कलाकारहरु करिश्मा मानन्धर, प्रेमराजा महत, फिल्म निर्देशक नारायण पुरी, शम्भूजित बाँस्कोटा लगायतका कलाकर्मी, सञ्चारकर्मी तथा थुप्रै विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तिहरुको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

WhatsApp Image 2022 07 15 at 10.58.20 AM

कार्यक्रममा राणाको युट्युब च्यानल विकाश राणा अफिसियलको पनि सुरुवात गरिएको थियो । च्यानलमा राणाले स्वर दिएका गीत संगीत उपलब्ध हुनेछन् । कार्यक्रममा राणाले आगामि दिनमा आफूलाई गीत संगीतको क्षेत्रमा समर्पण गर्ने सोच रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७