नेपाल इको प्यानलले साइकलिङ च्यालेन्जलाई सहयोग गर्दै


३१ असार २०७९, शुक्रबार
293130015 1277950742978889 2375186836615227441 n 1

काठमाडौं, वातावरणमैत्री निर्माण सामाग्रीमा जोड दिँदै आएको नेपाल इको प्यानलले साइकलिङ च्यालेन्जलाई सहयोग गर्दै आएको छ ।

यसअन्तर्गत शनिबार भक्तपुरमा हुने कोरा भक्तपुर साइकलिङ च्यालेन्ज २०२२ मा सहयोग गर्ने भएको छ । च्यान्लेजको सस्टेनेविलिटी पार्टनर रहेर इको प्यानलले नेपालले सहयोग गर्ने भएको हो । साइकलिङ च्यालेन्ज शनिबार बिहान भक्तपुरको दरवार स्क्वायरबाट सुरु हुनेछ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले स्वच्छ वातावरणका लागि साइकल अभियानलाई अगाडि बढेको भएर आफूहरूले सहयोग गरेको बताए ।

प्रतियोगितामा भक्तपुरसहित काठमाडौं, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरानलगायतका सहरहरूबाट साइकलयात्री सहभागी रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७