२०७९ असार ३२ गते शनिबारको तपाईको राशिफल

साउन कृष्ण तृतिया पञ्चाङ्गः आयुष्मान विष्टि/भद्रा धनिष्ठा


३२ असार २०७९, शनिबार
2135 Shares
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश, जाँगर र उमंग बढ्ला । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च पनि रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज भाग्यले राम्रै साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र रमाइलो यात्राको योग रहेको छ । धर्म, कर्ममा मन लाग्नेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउने छ । शिक्षामा सफलता पनि पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । भूमि लाभ पनि रहला ।

jagdamba.cement

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज दैनिक कार्यमा प्रगति हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमा पनि सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धर्म, कर्ममा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मित्रबाट विशेष सहयोग मिल्ने छ । नसोचेको ठाउँबाट धनगम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७