नेपालले आज नामिबियासँग खेल्दै


३२ असार २०७९, शनिबार
Nepali Cricket Team

काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज (शनिबार) तेस्रो खेलमा नामिबियासँग भिड्दै छ । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे शुरु हुनेछ ।

सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल आज पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।

नेपाल लिग टु को अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । नेपालले १८ खेलमा १७ अंक जोडेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७