लिभरपुलले जित्यो सिंगापुर ट्रफी


३२ असार २०७९, शनिबार
Capture 3

काठमाडौँ । प्रि-सिजन टुर अन्तर्गत सिङ्गापुरमा भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० ले हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुललाई जित दिलाउन जोर्डन हेण्डरसन र मोहमद सलाहले एक-एक गोल गरेका छन् ।

खेलको १२ औं मिनेटमा हेण्डरसनले गोल गर्दै लिभरपुललाई शुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ४७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए । यस जितसँगै लिभरपुलले स्टान्डर्ड चार्टर्ड सिंगापुर ट्रफी जितेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७