पर्साको कालिकामाईमा जसपा र कांग्रेस कार्यकर्ताबीच झडप, वडाध्यक्षसहित पाँच घाइते


३२ असार २०७९, शनिबार
kalikamai nagarpalika

पर्सा । पर्साको कालिकामाई गाउँपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।
शुक्रबार डाकिएको गाउँ सभा स्थगित भइसकेपछि उनीहरुबीच झडप भएको हो ।

झडपमा परी वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेलसहित पाँच जना घाइते भएका छन् । घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । वडा अध्यक्षको गालामा चोट लागेको छ ।

त्यसैगरी वडा नं ४ बस्ने अन्दाजी ७० वर्षीय महम्मद गफार मिया, ४० वर्षीय महम्मद एकबाल मिया, ४५ वर्षीय अकबर मिया र ३१ वर्षीय विजय चौरसिया घाइते भएका छन् ।

घाइतेमध्ये महम्मद मियाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । घटनामा संलग्न रहेको आरोपमा ५५ वर्षीय ध्रुव साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७