अमेरिकी राष्ट्रपतिको साउदी भ्रमणमा दुई देशबीच १८ सम्झौता


३२ असार २०७९, शनिबार
CnyztpE007010 20220716 PEPFN1A001

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनको साउदी अरब भ्रमणमा शुक्रबार दुई देशबीच ऊर्जा, लगानी, सञ्चार र स्वास्थ्य क्षेत्रमा १८ वटा सम्झौतामा हस्ताक्षर भएको छ । साउदी अरेबिया र अमेरिकाले ५जी नेटवर्क, उन्नत साइबर सुरक्षा र अन्तरिक्ष अन्वेषणसहित भविष्यका धेरै उद्योगहरूमा सहकार्य गर्नेछन् ।

उनले शुक्रबार साउदी राजा सलमान र युवराज मोहम्मद बिन सलमानसँग भेट गरेका थिए । त्यसपछि दुई देशबीच यी सम्झौताको घोषणा भएको हो । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार दुई देशबीच भएको सम्झौताले फाइभजी प्रविधिका लागि साउदी र अमेरिकी प्रविधि कम्पनीहरूलाई जोड्न स्थानीय रूपमा खुला, भर्चुअल र क्लाउडमा आधारित रेडियो नेटवर्क प्रयोग गर्नेछ ।

साउदी अरेबियाले जुनमा जी७ शिखर सम्मेलनमा घोषणा गरेको ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेस्टमेन्ट फर पार्टनरसिप अन्तर्गत परियोजनामा लगानी गर्न प्रतिबद्ध रहेको बताइएको छ । यसका साथै साइबर सुरक्षाको क्षेत्रमा दुवै देशले गम्भीर खतरा र दुर्भावनापूणर् गतिविधिलाई आदान प्रदान गर्न पहिलेदेखि नै विद्यमान द्विपक्षीय सम्बन्धलाई विस्तार गर्नेछन् । विज्ञप्तिमा भनिएको छ, ‘यो कदमले दुवै देशको साझा सुरक्षालाई बढावा दिनेछ ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७