संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढ्यो : कमल थापा


३२ असार २०७९, शनिबार
Kamal Thapa 4

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा वाह्य शक्तिको चलखेल बढेको बताएका छन् । संसदीय निर्वाचन नजिकिँदै गर्दा वाह्य शक्तिको चलखेल बढेको उनले बताएका छन् ।

आज (शनिबार) सामाजिक सञ्जालमार्फत थापाले महाशक्ति राष्ट्रहरु आफू अनुकूल कठपुतली तयार गर्ने होडमा रहेको समेत आरोप लगाए । देशमा राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा रहेको पनि थापाले औल्याएका छन् ।

kamal PIunvJwvZv

सामाजिक सञ्जालमा थापा लेख्छन्, ‘संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको छ । महा शक्तिहरु आफ्नो अनुकूल ‘कठपुतली’ तयार गर्ने होडमा छन् । दिल्ली, वेईजिङ र वाशिंगटनमा पानी पर्दा काठमाडौँमा छाता ओढ्ने जमात खोज्दै छन् । राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा छ । नेपाली जनता सचेत बनौं, अझै केही राष्ट्रवादी जिउँदै छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७