‘प्रकाश’ आठ देशमा एकसाथ प्रदर्शन हुने


३२ असार २०७९, शनिबार
prakashh1657956329

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘प्रकाश’ भदौ १० गतेबाट नेपालसहित विभिन्न आठवटा देशमा एकसाथ प्रदर्शन हुने भएको छ । नेपालसँगै भारत, अष्ट्रेलिया, न्युजिल्यान्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्टमा एकसाथ चलचित्र प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

यी देशको प्रदर्शन राइट्स एक करोड ७२ लाखमा बिक्री भएको छ । ‘अन्य देशबाट पनि माग भइरहेको छ’, निर्माता महेन्द्र अधिकारीले भने, ‘चाँडै हामी बाँकी देशको राइट्स पनि बिक्री गर्नेछौं ।’

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चलचित्रले मुख्य पात्रको माध्यमबाट बर्गिय विभेदको कुरा उठाइएको छ ।

विकास सुवेदीले लेखेको चलचित्र राजेश श्रेष्ठको छायांकन गरेका छन् । जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७