माओवादी अध्यक्ष ‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता


३२ असार २०७९, शनिबार
prachanda 3

नयाँदिल्ली । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच दिल्लीमा भेटवार्ता भएको छ । प्रचण्डले आज भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन् ।

तीन दिने भारत भ्रमणमा रहेका प्रचण्डले आजै भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आज भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने कार्यसूची छ ।

प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग पनि भारतमा भेट गरेका छन् । आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने कार्यतालिका छ ।

प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण गरेको पत्रकारहरुलाई बताएका छन् । शनिबार भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताएका थिए ।

भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल-भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७