भक्तपुरमा आफ्नै घरभित्रै जलेर वृद्धको मृत्यु


३२ असार २०७९, शनिबार
agalagi fireing आगालागी 234545

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका-२, दुवाकोट, फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकारको शव जलेको अवस्थामा फेलापरेको छ ।

आफ्नै घरको भुइँतलाको कोठामा कम्मरदेखि माथिको भाग जलेर मृत्यु भएको अवस्थामा शव भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज पठाएर घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७