पेट्रोलियम पदार्थकाे मूल्य अझै बढाउनु पर्ने बाध्यता छ : मन्त्री बडू


३२ असार २०७९, शनिबार
Dilendra

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउनु पर्ने सरकारको बाध्यता रहेको बताएका छन् ।

सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार उनले रुस-युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएको बताए । सोही कारण नेपालमा पनि अझै पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको उनले स्पष्ट पारे ।

‘पेट्रोलियम आपूर्तिमा असहज स्थिति उत्पादन भएको अवगत नै छ । रुस-युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजार मूल्यवृद्धि भएको छ । त्यसैले नेपालमा पनि अझै पनि मूल्य बढाउनुपर्ने बाध्यता छ’, कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बडूले बैठकमा भने, ‘महँगीका कारण उपभोक्तामा असर परेको छ । पेट्रोलियम पदार्थमा कर घटाएर सहज बनाउने हाम्रो प्रयास जारी छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७