कांग्रेस वैठकमा गृहमन्त्री खाँणले भने, ‘माओवादी एक्लै चुनाव लड्दैन’


३२ असार २०७९, शनिबार
congress scaled

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र) ले गठबन्धन बिना एक्लै निर्वाचन नलड्ने दावी गरेका छन् ।

सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार उनले माओवादीले एक्लै निर्वाचन नलड्ने र कुनै ‘पाटर्नर’ खोजी गर्ने जिकिर गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले निर्वाचनमा गठबन्धन गर्दा पार्टीका नेताहरूको सिट कटौती हुन सक्ने र त्यसका लागि सबै तयार रहनुपर्ने पनि बताएका छन् ।

‘गठबन्धनबिना माओवादी एक्लै चुनाव लड्दै लड्दैन । उसले कुनै अर्को पार्टनर खोजी हाल्छ’, खाँणले भने, ‘गठबन्धन भयो भने कसैको पनि सिट जान सक्छ, यसका लागि सबै तयार रहनुपर्छ ।’ उनले अहिले मात्र नभई धेरैपछिसम्म पनि गठबन्धनको आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७