अहिले हतियार किनिंदैन, पैसा पनि छैन : गृहमन्त्री


३२ असार २०७९, शनिबार
balkrishna khand

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीका लागि तत्काल हतियार खरिद नगरिने बताएका छन् । उनले हतियार किन्ने कार्यक्रम हाललाई रोकिएको जानकारी दिएका छन् ।

सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार उनले यस्तो बताएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले बैठकमा हतियार खरिद गर्ने पुरानो योजना भए पनि अब किन्न नसकिने बताएका थिए । ‘यो पुलिसको कार्यक्रम हो, चाहिने पनि हो । तर, अहिले योजना पनि छैन, पैसा छैन’, गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७