एकै दिन थप २०५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित संख्या १,३८५


३२ असार २०७९, शनिबार
k

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको १,१९९ पीसीआर र १,८९१ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १०० संक्रमित थपिएका हुन् ।

यो अवधिमा थपिएका संक्रमितमा काठमाडौंमा मात्र ८२ जना छन् । यस्तै, ललितपुरमा ११ र भक्तपुरमा सात संक्रमित थपिएका हुन् । गत २४ घण्टामा ५१ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६७ हजार ९५७ पुगेको छ । उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन । देशभर हाल १,३८५ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७