ओली पूर्व प्रधानमन्त्री बन्नुमा भूराजनीतिक कारण : उपेन्द्र यादव


३२ असार २०७९, शनिबार
upendra yadav

काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीलाई सत्ताबाट हटाउन विदेशी शक्तिको पनि साथ रहेको बताएका छन् ।

नेपाल-चीनमैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले भूराजनीतिले ओलीलाई पूर्व प्रधानमन्त्री बनाई दिएको टिप्पणी गरे ।

यादवले भने, ‘हाम्रोमा भूराजनीतिको प्रभाव छ र राजनीतिक अस्थिरताको कारण पनि त्यही हो । पूर्व प्रधानमन्त्री केपी ओलीजी यहाँ हुनुहुन्छ । म पनि उहाँको क्याबिनेटमा उपप्रधानमन्त्री थिएँ । म पूर्व भएको केही समयपछि उहाँ पनि पूर्व हुनु भएछ । यसमा भूराजनीतिक प्रभाव पनि छ ।’ अध्यक्ष यादवले देशलाई भूराजनीतिक प्रभावबाट मुक्त गर्न राजनीतिक दलहरु बलियो बन्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७