दुई जनाको डुबेर मृत्यु


३२ असार २०७९, शनिबार
dubera
सांकेतिक तस्वीर

झापा । झापाको भद्रपुर नगरपालिका-३ धिमेलधुरा बस्ने सितु सापकोटाको छोरा ११ वर्षीय ईश्वर सापकोटाको सोही ठाउँस्थित देउनिया खोलामा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ ।

खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा खोलाको किनारमा उनको शव फेला परेको हो ।

यता रौतहटको चन्द्रपुर नगरपालिका-१ नुनथरस्थित बागमती खोलामा पौडी खेल्ने क्रममा डुबेर धनुषा छिरेश्वर नगरपालिका-५ महेन्द्रनगर बस्ने २१ वर्षीय पारस यादवको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

खोलामा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा सोही खोलाको किनारमा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७