स्कुल बससँग मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु


३२ असार २०७९, शनिबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

तनहुँ । तनहुँको व्यास नगरपालिका-११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ ।

घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग १ क २६८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ६५०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७