अदालतद्वारा ५४५ वर्ष कैद असुल


३२ असार २०७९, शनिबार
law

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला अदालतले एक वर्षको अवधिमा प्रतिवादीबाट ५४५ वर्षभन्दा बढी कैद असुल गरेको छ । आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्ममा विभिन्न प्रकृतिका मुद्दाको फैसलापश्चात् कार्यान्वयनका चरणमा फरार रहेका प्रतिवादीलाई ५४५ वर्ष पाँच महिना १२ दिन कैद असुल गरिएको अदालतले जनाएको छ ।

विभिन्न मुद्दामा फैसलापश्चात् फरार रही प्रहरीबाट पक्राउ गरिएको प्रतिवादीबाट आव २०७८/७९ मा १३६ वर्ष १० महिना २८ दिन, अदतलतले फैसलापश्चात् कैद ठेकिएको ३४४ वर्ष नौ महिना २५ दिन र अन्यबाट ६३ वर्ष आठ महिना नौ दिन कैद असुल गरिएकोे श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए । उनका अनुसार ती प्रतिवादीबाट सोही आवमा रु एक करोड ६६ लाख ७५ हजार जरिवाना असुल गरिएको थियो ।

यस्तै जिल्ला अदालतले चालु आवमा एक हजार ३७३ अर्थात् ४६ दशमलव ७६ प्रतिशत मुद्दा फछ्र्योट गरेको जनाएको छ । चालु आवमा एक हजार ६५६ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिइएकामा २८३ थान मुद्दा कम फछ्र्योट भएको हो । कोभिड-१९ महामारीका कारण वार्षिक लक्ष्यभन्दा कम मुद्दा फछ्र्योट भएको जिल्ला न्यायाधीश मोहनराज भट्टराईले बताए ।

त्यस्तै अदालतमा जिम्मेवारी सरी आएका ६६४ थान र नयाँ दर्तातर्फ ७०९ गरी जम्मा एक हजार ३७३ थान मुद्दा फछ्र्योट गरेको थियो । आव २०७८/७९ का लागि लक्ष्यभन्दा ४०२ थान बढी मुद्दा दर्ता भएको र एक हजार ५६३ मुद्दा फछ्र्योट बाँकी रहेको उनले बताए ।

तीमध्ये दुई वर्ष नाघेका २०६ थान र सबैभन्दा पुरानो २०७ थान मुद्दा फैसला गर्न बाँकी छन् । अदालतले मुद्दालाई सरल, सामान्य र विशेष मार्गबाट फछ्र्योट गर्दै आएको जनाइएको छ । ‘क्षतिपूर्ति भर्न प्रतिवादीको लगत असुलउपर गर्न संयन्त्र कमजोर रहेकाले पनि लक्ष्यअनुसार प्रगति हुन सकेन’, न्यायाधीश भट्टराईले भने । जम्मा लगतअनुसार अदालतले चालु आवमा रु ६७ करोड ६६ लाख जरिवाना असुलउपर गर्नुपर्ने थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७