‘आमा खम्बा’ पुरस्कार चार स्रष्टालाई


३२ असार २०७९, शनिबार
RRK KTM

काठमाडौँ । यस वर्षको नेपाली साहित्यका ‘आमा खम्बा’ पुरस्कार मायाँ ठकुरी, पदमावती सिंह, भगिरथी श्रेष्ठ र जलेश्वरी श्रेष्ठलाई प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले अक्षलोक साहित्यिक केन्द्रद्वारा आज काठमाडौँको जमलमा आयोजना गरिएको कार्यक्रम सो सम्मान प्रदान गरे ।

त्यसैगरी सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले ‘युगल साहित्यक साधक सम्मान’ साहित्यकार मोहन दुवाल र भारती श्रेष्ठलाई तथा ‘सिद्धिश्वरमान मिलन मुक्ति सम्मान’ सुशिला प्रधानाङ्गलाई प्रदान गरेको हो । कदरपत्रसहित पुरस्कार तथा सम्मानको राशी जनही नगद रु १० रहेको छ ।

त्यस्तै ‘सिद्धिश्वरमान-चन्द्रविष्णु’ अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार शैलेन्द्रकुमार मानन्धर र ‘सिद्धिश्वरमान-महेश्वरमान सम्मान’ उत्कृष्ट प्राध्यापक प्राडा गोविन्द नेपाललाई प्रदान गरिएको छ ।

अक्षलोक साहित्यक केन्द्रका संस्थापक सिद्धिश्वरमान श्रेष्ठ हुन् । प्रगतिशिल साहित्यकार श्रेष्ठले २०३८ सालमा प्रकाशन गरेेको अक्षलोक त्रैमासिक पत्रिकाले समाजका विभिन्न क्षेत्रमा रही योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

प्रगतिशील साहित्यकार श्रेष्ठको निधनपछि उहाँकी धर्मपत्नी डा. सावित्री श्रेष्ठले ‘सिद्धिश्वरमान अक्षलोक साहित्यक केन्द्र’ मार्फत संस्थाको गतिविधिलाई निरन्तरा दिँदै आएका छन् । कार्यक्रममा केन्द्रकी अध्यक्ष श्रेष्ठको ‘मौनक्रन्दन’ पुस्तकको कार्यक्रमका प्रमुख अतिथि मन्त्री खापुङ, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती लगायतले संयुक्त रुपमा लोकार्पण गरेका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७