नेपाललाई २०० रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाले नेपाललाई २०० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९९ रन जोडेको हो । नामिबियालाई १९९ रनमा रोक्नका लागि कप्तान सन्दिप लामिछानेले ४ विकेट लिए भने सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए ।