सभापतिलाई बलियो बनाउने नाममा पाखुरामा तेल दल्न सकिंदैन : धनराज गुरुङ

‘गगनले लिड नगरेको भए एमसीसी पास गर्ने हिम्मत थिएन’


३२ असार २०७९, शनिबार
dhanraj

काठमाडौँ । सत्तारुढ कांग्रेस उपसभापति धनराज गुरुङले सभापति देउवालाई बलियो बनाउने नाममा कचौरामा तेल बोकेर गएर पाखुरामा दल्न नसकिने बताएका छन् ।

पार्टी बैठकमा वादी प्रतिवादीझैं भएर आएको बताउँदै उनले भने, ‘सभापतिको हात बलियो बनाउने भनेर तेलको कचौरा लिएर सभापतिको पाखुरामा लाउन सकिन्न । बलियो बनाउने भनेको वैचारिक रूपमा हो । हामीले त्यही गरेको हो ।’

तर, सभापतिलाई बलियो बनाउन हिँड्दा पनि महामन्त्री गगन थापालगायतलाई अनावश्यक आलोचना गरिएको उनले बताएका छन् । गुरुङले बोल्दै गर्दा सभापति देउवासँग रोचक सवाल जवाफ पनि भएको थियो ।

‘वैचारिक रूपमा बलियो बनाउन हिँडेका गगनलाई बहिष्कार गर्छु भन्ने ? गगनले लिड नगरेको भए एमसीसी पास गर्ने हिम्मत थियो ? अहिले साथीहरू सभापतिको नाकमा झिँगा बसेको छ भनेर तरबार बोकेर हिँडिरहेका छन् । सभापतिजी तरबारले हान्दा झिँगा मर्छ कि को ?’
जवाफमा देउवाले भने, ‘मेरो नाकमा झिँगा बसेको छैन ।’ तुरुन्तै गुरुङले कटाक्ष गरे, ‘सभापतिजी निदाएको बेला थाहा हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७