२०७९ साउन १ गते आइतबारको तपाईको राशिफल

साउन कृष्ण चतुर्थी पञ्चाङ्गः सौभाग्य बालव शतभिषा , कर्कट सङ्क्रान्ति / लुतो फाल्ने दिन/दक्षिणायन आरम्भ/थारु गुरिया पर्व


१ श्रावण २०७९, आईतवार
rasifal 1


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सामाजिक कार्यमा मन जानेछ । आज रोकिए काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ । वित्तीय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफन्तको प्रगतिमा मन रमाउनेछ । काम गर्ने उत्साह र हौसला भोज भतेरमा जाने मौका मिल्ने छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभकार्यको चर्चा चल्ने छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पुँजी बजारको क्षेत्रमा रुचि बढ्ने र लाभ मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । मनमा मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । रमणीय र सुखद् यात्राको योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज महत्वपूणर् कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोबारमा विवाद आउने छ । नजिक व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । बहुमूल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । हर्ष, उमङ्ग र उत्साह रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आफन्त व्यक्तिले काम बिगारी दिने सम्भावना बलियो रहेको छ । वैदेशिक काम पनि अधुरै रहन सक्छ, तर साँझमा मन खुशी रहने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज रमणीय र सुखद् यात्राको योग छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ । दिनको उत्तरार्ध सुखद् रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आर्थिक कारोबारमा मन्दी आउने छ । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला । मनमा दुबिधा पनि उत्पन्न पनि हुन सक्छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७