सन्तान नजन्माई ‘डिन्क’ जीवनशैली अपनाउने दम्पतीहरू


१ श्रावण २०७९, आईतवार
DINK1657988447

वासिङटन । अहिले विश्वका केही दम्पतीले सन्तानरहित जीन्दगी अनुशरण गरी आफ्ना आयआर्जनमाथि अधिक नियन्त्रण लिने गरिरहेका छन् । यस्तो नीतिलाई डिन्क अर्थात् डीआईएनके-डबल इनकम नो किड्स (बच्च बिना दोहोरो आम्दानी) भन्ने गरिन्छ ।

यस्ता दम्पतीहरूले सन्तान नजन्माएरै उत्कृष्ट र रमाइलो जिन्दगी बाँचिरहेको बताउने गरेका छन् । डिन्क जीवनशैली अपनाउन चाहनेहरूले उद्देश्य अनुरूपका पार्टनरहरू खोज्ने गरेका छन् । म आफै पनि डिन्क हुँ । यस्ता पार्टनरहरू सँगै त बस्छन् तर आफ्ना सन्तान जन्माउँदैनन् । तिनीहरू आफ्ना करियर र निजी जीवन र रमझममै बढी ध्यान दिन्छन् । यो संस्कृतिको उदगम स्पष्ट छैन । लोकप्रिय संस्कृतिमा पनि यसलाई त्यति धेरै उल्लेख गरिएको पाइन्न । यो डिन्क शब्द असीको दशकमा विशेषगरी युप्पी-योङ अर्बन प्र्रोफेसनल (सहरी युवा व्यवसायी) बढिरहेका बेला सुरु भएको हुनुपर्ने अनुमान गरिएको छ ।

नब्बेको दशकको एउटा लोकप्रिय एनिमेटिड टेलिभिजन सिरिज ‘दोउग’मा पनि डिन्क शब्दको प्रयोग भएको पाइएको छ । त्यसमा दुई रमाइला छिमेकी बड र टिप्पी डिन्कको उल्लेख गरिएको छ । तिनीहरूको थर ‘डिन्क’को अर्थले यसै प्रसंगलाई इंगित गर्दछ ।

यस सिरिजका निर्माता जिम जिन्किन्सले सन् २०१६ मा डिसाइडरलाई अन्तर्वार्ता दिने क्रममा यसको पुष्टि गरेका थिए । आफूले सन्तान जन्माउने वा नजन्माउने भन्ने कुनै पनि मानिसको नितान्त निजी निणर्य भएकाले पनि डिन्क शब्द त्यति चर्चामा नआएको पनि हुन सक्छ ।

म र मेरा पतिले आफूलाई स्वार्थी व्यक्ति ठान्दैनौँ । बरु हामी आपसी सम्बन्धका लागि दुवैले बिताउने समयका लागि स्वार्थी छौँ । हामीले एकले अर्कालाई बढी भन्दा बढी समय दिनका लागि सन्तान नजन्माउनुको विकल्प छैन । डिन्क जीवनशैली अपनाएकोमा गौरव लाग्छ ।

हामीले आफ्ना सन्तानलाई हुर्काउन खर्चिने समय एक अर्कासँग रमाइलो गर्न प्रयोग गरिहेका छौँ । त्यसको अर्थ हामीलाई बालबालिका मन नपरेको भन्ने होइन । आफन्त र साथीभाइका सन्तानहरूसँग हामी रमाउँछौँ । म नियमति रूपमा मेरो पतिसँग आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणमा गइरहन्छु ।

कामको सिलसिलामा हामी बस्ने लस एन्जेल्समा पनि वर्षको केही महिना बस्ने गर्छौ । डिन्क जिवनशैली बिताउने हामीले हामी जस्ता थुप्रै दम्पती भेटाएका छौं । अनलाइनमा हाम्रो एउटा छुट्टै समुदाय नै छ । हामी आपसमा विचार र अनुभव साटेर र रमाइलो गरेर सन्तान नजन्माउनुको तनावलाई हल्का पार्छौ । उदाहरणका लागि फ्लोरिडा निवासी ३३ वर्षीया माइक्रोवायोलोजिस्ट एवं अनलाइन फिटनेस प्रशिक्षक ड्यानिया क्यासेल्लस छिन् । हामी इन्स्टाग्राममा नियमित रूपमा ख्याल ठट्टा गर्छौ ।

क्यासेल्लसले याहु लाइफलाई बतााएकी छन्, ‘२० वर्ष उमेर लाग्ना साथ मैले पनि जीवनमा कहिल्यै सन्तान नपाउने निधो गरेकी थिएँ । सन्तान जन्माउने कुरोमा म उत्सुक भइन् तर केटाकटीहरूसँग म मज्जाले रमाउने गर्छु । सन्तानको जिमेवारी लिएर तिनीहरूलाई हुर्काउने काममा भने कहिल्यै आकर्षित भइन । कतिले मलाई स्वार्थी, पागल र पछि पछुताउनु पर्ने पनि भने । म अहिले ३३ वर्षकी भए । सन्तान छैनन्, तर राम्रो जिन्दगी बाँचिरहेको छु ।’

‘चाइल्ड फ्रि मिल्लेनियल’ इन्स्टाग्राममा आधारित अर्को डिन्क सपोर्ट सिस्टम हो । यसलाई मिसौरीको कान्सस सहर निवासी पार्टनर २६ वर्षीया मार्सेल र ३१ वर्षीय माइकलले चलाउँदै आएका छन् ।
कार्ली क्यारमान्ना/याहु लाइफबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७