नेपाल नामिबियासँग पराजित, आज अन्तिम खेल स्कटल्याण्डसँग


१ श्रावण २०७९, आईतवार
nepali cricket team 1

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल नामिबियासँग पराजित भएसँगै छैटौँ स्थानमा झरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली नामिबियासँग लगातार दोस्रो खेलमा हारेको हो । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।

स्कटल्याडलाई ५ विकेटले हराएको थियो । हिजोको खेलमा जितका लागि २०० रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७ ओभर ५ बलमा १३६ रनमा अलआउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोडे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबिया ४९ ओभर २ बलमा १९९ रनमा अल आउट भएको थियो । नामिबियाका कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले । नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए । नेपालले आज अन्तिम खेल स्कटल्याण्डसँग खेल्नेछ ।

अङ्क तालिकामा नेपाल १९ खेलमा १० मा हार, ८ मा जित र एक बराबरीकासाथ १७ अङ्कसहित छैटौं स्थानमा छ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हारका साथ १८ अङ्कका साथ पाँचौँ स्थानमा उक्लिएको छ । तस्वीर : क्यान

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७