इङल्याण्डले स्पेन र जर्मनीले अस्ट्रियासँग खेल्दै


१ श्रावण २०७९, आईतवार
thumb 4

बेलायत । जर्मनीले युरो २०२२ मा अधिकतम ९ अंक बटुल्दै नकआउट चरण खेल्ने भएको छ । हिजो (शनिबार) को खेलमा जर्मनी फिनल्याण्डलाई ३-० ले पराजित गर्दै लगातार तेस्रो जित निकाल्न सफल भएको छ । जर्मनी यसअघि नै अर्को चरण पुग्ने निश्चित भइसकेको थियो ।

यस्तै समूहको अर्को खेलमा स्पेनले डेनमार्कलाई १-० ले पराजित गर्दै क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । अब अन्तिम आठमा समूह ‘ए’ को विजेता तथा आयोजक इङल्याण्डले स्पेनको सामना गर्नेछ ।

यस्तै जर्मनीले भने समूह ‘ए’ को उपविजेता अस्ट्रियाविरुद्ध खेल्ने छ । स्पेन भने तीन खेलबाट ६ अंक प्राप्त गरी समूहको दोस्रो स्थानमा रह्यो । डेनमार्क भने तीन अंकमा सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७