युक्रेनको निकोपोल शहरमा रुसको मिसाइल आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु


१ श्रावण २०७९, आईतवार
ukr

किभ । युक्रेनको दक्षिणी शहर निकोपोलमा रुसले गरेको मिसाइल आक्रमणमा परी कम्तीमा ३७ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । त्यहाँ पछिल्ला तीन दिन लगातार आक्रमण भइरहेका छन् ।

रुसको लामो दूरीको क्रुज मिसाइल आक्रमणले मध्य शहर डिनिप्रोमा रहेको अन्तरिक्ष रकेट प्लान्टमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ । आक्रमणबाट नजिकै रहेको आवासीय भवनमा क्षति पुगेको छ । रुसको निशानामा आवासीय भवन तथा महत्वपूणर् क्षेत्रहरू परेका छन् ।

गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण शुरु गरेको थियो । झण्डै ६ महिना लामो युद्धका कारण रुस तथा युक्रेनका हजारौं सेना र नागरिकले ज्यान गुमाएका छन् । अहिले पनि आक्रमणका घटना रोकिएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७