युक्रेनको विमान उत्तरी ग्रीसमा दुर्घटनाग्रस्त


१ श्रावण २०७९, आईतवार
ukr air

काठमाडौं । युक्रेनको कार्गो विमान उत्तरी ग्रीसमा दुर्घटनाग्रस्त भएको छ । युक्रेन एयरलाइन्सद्वारा सञ्चालित एन्टोनोभ कार्गो विमान शनिबार उत्तरी ग्रीसको काभाला शहर नजिक दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय बासिन्दाले दुर्घटना पछि दुई घण्टासम्म आगोको मुस्लो देखेको र विष्फोटको आवाज सुनेको बताएका छन् । एएन-१२ शोभियत-निर्मित टर्बोप्रप विमान सर्बियाबाट जोर्डन जाँदै थियो ।

ग्रीक मिडियाले विमानमा आठ जना सवार रहेको र त्यसमा १२ टन ‘खतरनाक सामग्री’ धेरैजसो विष्फोटक पदार्थ रहेको जनाएको छ । तर स्थानीय अधिकारीहरूले कार्गोको बारेमा खास जानकारी नभएको, जहाजमा कति जना थिए र विमानले के बोकेको थियो भनेर यकिन भइनसकेको जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७