प्रचण्डको आज भाजपा अध्यक्षसँग भेटवार्ता


१ श्रावण २०७९, आईतवार
prachanda visit delhi

काठमाडौँ । भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले आज (आइतबार) भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्दैछन् । प्रचण्डले आइतबार बिहान ११ः३० बजे भाजपा) मुख्यालय भ्रमण गर्ने भएका हुन् ।

भाजपाले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी प्रचण्डको भ्रमणबारे जानकारी गराएको हो । त्यस अवसरमा प्रचण्डले भाजपाका अध्यक्ष जेपी नड्डासंग भेटवार्ता गर्नेछन् । भेटवार्तामा दुई पार्टीबीचको अन्तरक्रिया अभिवृद्धि गर्ने बिभिन्न उपायबारे छलफल हुने भाजपाले जनाएको छ ।

भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर र भाजपाका विदेश बिभाग प्रमुख विजय चौथाइवाले पनि सहभागी हुनेछन् । भाजपा मुख्यालय पुग्ने प्रचण्ड नेपालका दोश्रो शीर्ष नेता हुनेछन् । गत शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए । विदेश सचिव एस जयशंकरले प्रचण्डसँगको भेट फलदायी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।

त्यसअघि शनिबार बिहान नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘ब्रेक फास्ट’ बैठकमा प्रचण्ड सहभागी भएका थिए । सोही बैठकमा प्रधानमन्त्री पत्नी आरजु राणासँग पनि उनको भेट भएको थियो । प्रचण्डले आइतबार अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ । आजै उनी स्वदेश फर्किने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७