भारतबाट पेट्रोलको भाउ १५ रुपैयाँ घटेर आयो


१ श्रावण २०७९, आईतवार
petrol picturer1

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि इण्डियन आयल कर्पोरेसनले पनि नेपाल आयल निगमलाई मूल्य घटाएको हो ।

नेपाल आयल निगमका अनुसार शनिवार नेपाल आएको मूल्यसूची अनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको छ । अझै निगमलाई घाटा नै रहेको निगमले जनाएको छ । निगमका अनुसार अझै पनि पेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ घाटा छ ।

नेपालमा अब मूल्य घटाउने वा नघटाउने विषयको निर्णय गर्न भने निगमको बोर्ड बैठक बस्नुपर्ने छ । बोर्ड बैठकको निर्णय अनुसार मूल्य घटबढ हुँदै आएको छ । बोर्डको प्रमुख उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डे छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७