त्रिदेशीय एक दिवसीय क्रिकेट : नेपालका तीन खेलाडी परिवर्तन


१ श्रावण २०७९, आईतवार
7 Shares
nepali cricket team 1

काठमाडौँ । आइसिसी विश्वकप लिग क्रिकेट दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय सिरिजमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको छ ।

स्कटल्याण्डको ग्लासगोमा स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निणर्य गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । त्रिदेशीय सिरिजअन्र्गत स्कटल्याण्डसँग नेपाल दोस्रो पटक भिड्न लागेको हो । यसअघि भएको स्कटल्याण्डविरुद्धको पहिलो खेलमा नेपालले जित हासिल गरेको थियो । नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

स्कटल्याण्डविरुद्ध आजको खेलमा नेपालले तीन जना खेलाडी परिवर्तन गरेको छ । पवन सर्राफ, आदिल अन्सारी र बसिर अहमदलाई परिवर्तन गरेको हो । पवनको स्थानमा करण केसी, आदिलको स्थानमा विनोद भण्डारी र बसिरको ठाउँमा किशोर महतोले मौका पाएका छन् । किशोरले भने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्न लागेका हुन् ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७