हैजा संक्रमितको संख्या ३१ पुग्यो, ६ जना १४ बर्षमुनिका बालबालिका


१ श्रावण २०७९, आईतवार
फाइल फोटो

काठमाडौँ । काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको संख्या ३१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नुवाकोटको ककनीका एक युवकमा हैजा देखिएसँगै संक्रमितको संख्या संख्या ३१ पुगेको हो ।

संक्रमितमध्ये तीन जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ । हैजा देखिएकामध्ये दुई जना १४ किशोर-किशोरी र ६ जना बालबालिका छन् ।

१५ देखि २४ वर्षसम्मका ९ जनामा हैजा देखिएको छ । यसैगरी २५ देखि ४४ वर्षसम्मका १० जना, ४५ देखि ६४ वर्षसम्मका ७ जना र ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७